के गर्दैछ पारसको पल्टन ? - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

के गर्दैछ पारसको पल्टन ?

१४-साउन-२०६५,मंगलवार पूर्वयुवराज पारस शाहको परिवार सिंगापुरतिर लागेपछि उनकै पदचापलाई पछ्याउँदै सिंगापुर जाने दरबारियाको लर्को थपिन थालेको छ...

१४-साउन-२०६५,मंगलवार

पूर्वयुवराज पारस शाहको परिवार सिंगापुरतिर लागेपछि उनकै पदचापलाई पछ्याउँदै सिंगापुर जाने दरबारियाको लर्को थपिन थालेको छ । पारस, हिमानी र उनका सन्तान सिंगापुर लागेको महिना नपुग्दै पूर्वराजा ज्ञानेन्द्रका अर्का एकजना नातिलाई समेत सिंगापुरको अर्चर रोड पुर्‍याइएको छ । जानकारीअनुसार पारसकी एक मात्र बहिनी अर्थात् ज्ञानेन्द्रकी छोरी प्रेरणा चार वर्षे छोरो पार्थवलाई लिएर सिंगापुर प्रस्थान गरेकी छन् । अर्चर रोडमा फ्ल्याट लिएर बस्न थालेकी प्रेरणाले छोरालाई ब्रिटिस स्कुल भर्ना गर्न लागेको स्रोतले बतायो । 

त्यहाँ प्रेरणाको 'सतिश' नामका व्यापारी सित निकै बाक्लो उठबस सुरु भएको बुझिएको छ । त्यस्तै, स्वर्गीय धीरेन्द्रकी कान्छी छोरी दिलासा पनि हालै सिंगापुर तिर लागेकी छन् । राजपरिवारको युवापुस्ता विदेशतिर लागिरहेका बेला यता निर्मल निवासभित्र रहेका सुनचाँदीका इँटाहरू विशाल बजार स्थित आरके ज्वेलर्सका नेवार साहुमार्फत धमाधम बिक्री भइरहेको स्रोतले बतायो । 

 
यसैबीच, राजतन्त्र रहेका बेला आफूलाई नेपाली नागरिक भन्दा उपल्लो दर्जामा राख्ने तत्कालीन युवराज पारस लगायत राजपरिवारका सदस्यहरूले उमेर पुग्नासाथ नागरिकता लिएको भेटिएको छ । नेपाली नागरिकता लिए पनि उनीहरूलाई नेपाली नागरिक सरह कुनै सरकारी कामकाजका लागि नागरिकता पेस गर्नुपर्ने आवश्यकता भने थिएन । 


पूर्वयुवराज पारसले आफू शाहज्यादा छँदा नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका रहेछन् । जानकारी अनुसार बहुदलीय व्यवस्थाको पुनर्स्थापना हुनु भन्दा ठीक एक वर्ष अघि पारसले नागरिकता लिएका थिए । उनको नागरिकतामा शाहज्यादा पारस वीर विक्रम शाहदेव उल्लेख गरिएको छ । १४७४३ नं.को पारसको नागरिकतामा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी डमरु बल्लभ भट्टराईले हस्ताक्षर गरेको देखिन्छ ।

पारसपत्नी हिमानीले पनि आफू शाह ज्यादी छँदै नागरिकता लिएकी थिइन् । उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले ०५७ फागुन २६ गते नागरिकता दिएको थियो । १२३०८ नं.को उनको नागरिकतामा प्रजिअ चन्द्रमणि पोखरेलले हस्ताक्षर गरिदिएका थिए । पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले पनि शाह ज्यादी छँदा नै नागरिकता लिएकी थिइन् । 

उनले ०५१ भदौ ९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट १३४२ नं.को नागरिकता लिएकी थिइन् । उनको नागरिकतामा गणेश प्रसाद भट्टराईको हस्ताक्षर छ । पारसका तीन वटा केटा केटी नाबालक नै रहेकाले उनीहरूको नागरिकता बनाइएको छैन । तर, नाबालक भए पनि नागरिकता आवश्यक पर्ने स्थानमा भने उनीहरूको जन्म प्रमाणपत्र (बर्थ सर्टिफिकेट) पेस गर्ने गरिएको छ । उनीहरूको बर्थ सर्टिफिकेटमा डा. दिव्येश्वरी मल्लको हस्ताक्षर छ । स्मरणीय छ, डा. मल्ल राजा महेन्द्रकी ल्याइते रानी स्व. कवि छिन्नलता (मनोरमादेवी मानन्धर शाह) की छोरी हुन् ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !