दुनियाँले मिच्दा मिच्दा झुम्री परेका स्तनहरु ढाकेर छाति छोपुवाले ढाकेझै हृदय को ग्लानी उत्ताउनो सारीर ले जीवनभार बोकि रहेकी ति महिला ब...
दुनियाँले मिच्दा मिच्दा झुम्री परेका स्तनहरु ढाकेर छाति छोपुवाले ढाकेझै हृदय को ग्लानी उत्ताउनो सारीर ले जीवनभार बोकि रहेकी ति महिला बताउ वेश्या हो या विवसता ? तिमी घुश खायर महल बनाउछौ र सम्पन्नता देखाउछ ! तै पनि तिमी ज्यु हजुर बन्न सक्छौ उ शरिर बेचेर शरिर धान्छे र लाला बाला पालेकी छे ! तर उ समाजबाट बहिस्कृत ठहरिन्छे तिमी शत्रु राष्ट्र को मुलुक लाइ मारिरहेका छौ बारम्बार उ पत्र आफै फगत आफुमा बाँच्न आफैलाई विबश पारीरहेकी छे तिमी र उ मा फरक यती मात्र हो कि तिम्रो कमाई वैभव अरु केही होइन निस्श्हायह रुको रगत र पसिना हो काठई बिचरा उ त तिमी हामीले नै सिर्जना गरेको कुर विवशतको दुस्ट परिण त हो ! म यौटी बेस्यालाई माया गर्छु पेशा हैन उसको नशा हो उन्मत्त जवानीको यौन प्यास हो हरेक साँझ उ मात्तिन्छे अलिकति रक्सिले अलिकति पुरुष प्रतिको भक्तिले र फिँजाउँछे उस्का बैँसालु नजर वरिपरिका जवानहरु तिर सानो, ठूलो, विवाहित, कमिटेड कसैको भेदभाव नगरि उसको नजरमा सबै सिङ्गल ‘काम’ पाए सबै मङ्गल कोही साथी मात्तिन्छन ति नजरले कोहि आत्तिन्छन बेस्याको कुद्रिष्टिको असरले सबै खुसुक्क मेरो कानमा फुक्छन् देखिस् उस्लाई आज चाहिएको छ रक्सिको सुरमा बक्न थाल्छन् उस्का स्पेशल मसाजका अनुभवहरु र गर्व गर्छन्, म भन्दा एक पाइला अगाडि भएकोमा तर, साथीहरुलाई के थाहा, उनिहरु केवल मेरा पाहुना हुन् आउँछन्, रक्सि र बेस्याको नजरले नुहाउँछन् हल्लिन्छन एकछिन् दुई भिन्न मातले मैले रिमोट चलाउँछु, र जान्छन् आ-आफ्नो बासस्थन तर्फ बाँकि रहन्छौं त ऊ, म र हामीबिचको अज्ञात प्रेम अव्यक्त, अभ्यस्त भावले सुटुक्क हामीबिच गाँठो पारिदिन्छ विस्तारै, गाँठो फुकाउँदै हामी बाँधिन्छौं अङ्कमालमा चिट चिट चिट चिट, पसिनाका थोपा झर्दछन् अनि सन्नाटा छाउँछ हाम्रो रिलेसनसिपमा फेरि अर्को रातको पर्खाइमा !!!!!
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !