खाद्यान्न मानिसको प्रथम आवश्यकता हो । मानिसको बढ्दो आवादीसँगै खाद्यान्नको माग पनि बढ्दो छ । बढ्दो खाद्यान्नको माग पूरा गर्नेसर्न्दर्भमा उत्प...
खाद्यान्न मानिसको प्रथम आवश्यकता हो । मानिसको बढ्दो आवादीसँगै खाद्यान्नको माग पनि बढ्दो छ । बढ्दो खाद्यान्नको माग पूरा गर्नेसर्न्दर्भमा उत्पादनका नयाँ नयाँ प्रविधिको खोज र सामूहिक रूपमा उत्पादन गर्ने कुराले हिजोआज निकै प्रमुखता पाएको छ । कुनै पनि उत्पादन बढीभन्दा बढी गर्ने र बालीलाई रोग लाग्नबाट बचाउने हेतुले विभिन्न प्रविधिहरू अपनाउन थालिएको छ । यसै सिलसिलामा जेनेटिक इन्जिनियरिङ्गबाट खाद्यान्न उत्पादन गर्ने कुरा ठीक हो वा बेठीक भन्ने विवाद अस्तित्वमा आउन थालेको छ । बालीको कुनै पनि प्रजातिको बिउ बिजनलाई अन्य प्रजातिहरूसँग सम्मिश्रण गरेर नयाँ नयाँ प्रजाति र धेरै उब्जनि हुने खालको प्रजातिको बिउ तयार गर्ने कुरा लामो समयदेखि चल्दै आएको हो र त्यसले केही हदसम्म राम्रो परिणाम पनि दिएको थियो । प्राकृतिक रूपमा कुनै पनि बालीको प्रजाति सम्मिश्रण गरी नयाँ प्रजाति तयार गर्ने कुराभन्दा पनि हटेर छुट्टै खालको खाद्य पदार्थको जीन अर्को खाद्य पदार्थमा मिसावट गरी तयार पारिने नयाँ प्रजातिले भने निकै नकारात्मक असर पार्ने देखिएको छ । जेनेटिक इन्जिनियरिङ्गबाट उत्पादन हुने खाद्यान्नमा हरेक कुरा सम्भव छ । गाईको दूधमा भएको पोषकतत्वलाई मकैको कुनै प्रजातिमा हाल्नेसम्मको काम पनि जेनेटिक इन्जिनियरिङ्गको लागि साधारण कुरा बनेको छ । यसरी प्रकृतिको विरुद्घमा गएर गरिने कुनै पनि प्रयोगले क्षणिक रूपमा फाइदा दिए पनि दर्ीघकालीन रूपमा बेफाइदा नै पुग्ने भएकोले जेनेटिक इन्जिनियरिङ्ग प्रविधिबाट उत्पादन गरिएका कुनै पनि खाद्य पदार्थ मानव स्वास्थ्यको हितमा नहुने धारणा दक्षिण एसियाका अघिकांश कृषि वैज्ञानिकहरूले गरेका छन् । कुनै पनि वस्तुमा हुने जीनलाई लिएर त्यस्ता वस्तुहरू थुप्रै तयार गर्ने वा अन्य वस्तुमा मिलाएर नयाँ प्रजाति जन्माउने प्रविधि नै सामान्यतयाः जेनेटिक इन्जिनियरिङ्गको सिद्घान्तभित्र पर्दछ । नेपालमा पनि परम्परागत बालीमा सुधार र पशुको नस्ल सुधारको क्षेत्रमा विभिन्न प्रयासहरू हुँदै आएका छन् । बढी उत्पादन गर्न वा बालीमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि विषालु पदार्थको समेत प्रयोग गर्नाले दर्ीघकालीन रूपमा मानव स्वास्थ्य, वातावरण र माटोको उर्वरा शक्तिलाई नै नराम्रो असर पार्ने धारणा वातावरणीय सन्तुलन कायम राख्नर्ुपर्छ भन्ने कुरामा विश्वास राख्ने कृषि वैज्ञानिकहरूको रहेको छ । जेनेटिक इन्जिनियरिङ्गबाट उत्पादन भएका खाद्यान्न दक्षिण एसियाली मुलुकहरूमा हालसम्म त्यति नभेटिएको भए पनि विदेशबाट आयात हुने खाद्य पदार्थमा यस्ता उत्पादनहरू हुने भएकोले खाद्य पदार्थ आयातमा विशेष सावधानी अपनाउनुपर्ने आवाज उठ्न थालेको छ । हालै काठमाडौँमा अखिल नेपाल किसान महास‹को समेत सहभागितामा भएको एक सम्मेलनमा मानव स्वास्थ्यका लागि प्रतिकूल हुने खालका जेनेटिक इन्जिनियरिङ्ग प्रविधिबाट उत्पादित खाद्यलाई दक्षिण एसियाभर नै अस्वीकार गर्ने नीति लिनुपर्ने कुरामा जोड दिइएको थियो । भारतको आन्ध्र प्रदेशमा जेनेटिक इन्जिनियरिङ्ग प्रविधि प्रयोग गरेर कपास खेती गरिएको थियो तर त्यसले पनि दर्ीघकालीन रूपमा निकै नकारात्मक परिणामहरू ल्याउन थालेको बताइएको छ । विषालु जीनको प्रयोग गरी विकास गरिएको कपासको बिउको नयाँ प्रजाति बीटीले कपासको बोटमा लाग्ने कीरालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न मद्दत गर्दछ । यसरी नै विषालु पदार्थयुक्त जीनलाई जेनेटिक इन्जिनियरिङ्गको मद्दतले परम्परागत प्रजातिको खाद्य बिउमा प्रवेश गराएर तयार गरिएको नयाँ प्रजातिको बिउ प्रयोग गरी उत्पादन गरिने खाद्य बालीमा कीरा नलाग्ने र बढी उत्पादन हुने जस्ता फाइदा हुने हुनाले पश्चिमा मुलुकहरूले खाद्यान्नमा आफ्नो प्रभुत्व जमाउनका लागि यस्ता खाद्यान्न उत्पादनलाई बढी जोड दिएकोविश्वास दक्षिण एसियाका कृषि वैज्ञानिकहरूको रहँदै आएको छ । हालै अमेरिकाको बहुराष्ट्रिय कम्पनी मोन्सान्टोद्वारा मुसामा गरिएको एक प्रयोगमा जेनेटिक इन्जिनियरिङ्गद्वारा उत्पादन गरिएको खाद्य पदार्थ मुसालाई खुवाउँदा विभिन्न शारीरिक खराबीहरू ल्याएको देखिएको थियो । मानिस पनि मुसा जस्तै स्तनधारी जीव भएकोले यस्ता अप्राकृतिक खाद्य पदार्थ मानव स्वास्थ्यको हितमा नहुने निष्कर्षदक्षिण एसियाली कृषि वैज्ञानिकहरूले निकालेका छन् । हाल दक्षिण एसियामा विदेशबाट आयात गरिने गुलियो तथा नुनिलो खाद्य पदार्थ, आलू, गोलभेँडा, समोसामा प्रयोग हुने गुलियो अचार, चिप्सजस्ता कुराहरू जेनेटिक इन्जिनियरिङ्गद्वारा तयार भएका पाइएको बताइएको छ । विशुद्घ व्यावसायिक नाफा कमाउने र विश्वभर कुनै प्रजातिको पेटेन्ट दर्ता गराएर आफ्नो उत्पादनहरू विश्वभर बिक्री वितरण गराउने उद्देश्यले मात्र जेनेटिक इन्जिनियरिङ्गको सहायताले पश्चिमा मुलुकहरूले खाद्य उत्पादन गर्ने गरेको धारणा दक्षिण एसियाली कृषि वैज्ञानिकहरूको रहेको छ । कुनै पनि खाद्यको उत्पादन बढाउनका लागि त्यसको स्रोत बिउमा नै अप्राकृतिक खेलबाड गर्नुभन्दा वाहृय कुराहरू मल, गोडमेल, सिँचाइ जस्ता अन्य कुराहरूमा विशेष जोड दिनुपर्ने र नयाँ प्रजातिभन्दा सम्बन्धित क्षेत्रको हावापानीमा उपयुक्त हुने खालका खाद्य पदार्थको उत्पादन नै मानव स्वास्थ्य र वातावरणीय सन्तुलनका लागि उपयुक्त हुने ठहर कृषि वैज्ञानिकहरूको रहेको छ । अतः शिखरबेसीको पोखरेली चामल, रानीपौवाको मुला, परम्परागत स्याखिने कुखुरा, प्राङ्गारिक मलको प्रयोग भएको तरकारी जस्ता प्राकृतिक र नेपाली हावापानीका लागि उपयुक्त मौलिक खाद्य पदार्थको उत्पादनहरूमा विशेष जोड दिनु नै हामी सबैको हितमा देखिन्छ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !