छोरा छोरी सबैलाई पढाउन, उठ ! गाउले ईस्कुल चलाउन !! बाबु आमाले छोरा छोरी पढाई दिनै पर्छ, भोलि पर्सि उसैले नै ईलाम गर्छ गर्छ, जमाना छ अर्कै आज...
छोरा छोरी सबैलाई पढाउन, उठ ! गाउले ईस्कुल चलाउन !! बाबु आमाले छोरा छोरी पढाई दिनै पर्छ, भोलि पर्सि उसैले नै ईलाम गर्छ गर्छ, जमाना छ अर्कै आज अछर चिन्नै पर्ने, ए गाउले हो अझ किन आलटाल गर्ने ? ***************************************** छोरा छोरी सबैलाई पढाउन, उठ दाजु ! ईस्कुल चलाउन !! छोरा छोरी न पढाउने बाबु आमा गोरु, लौन बा बा दिनोस कति हात जोरु, बर्षदिनलाई खर्च लाग्ला पचहतर असि, ठुलो कुरो होईन हजुर खोरको यौटा खसी, **************************************** छोरा छोरी सबैलाई पढाउन, उठि दिनोस ! ईस्कुल चलाउन, यहि हो गाउ अध्यारो ठाउ सबले पर्यो फुलाउन फलाउन ! भैसी मर्छ बाख्रा मर्छ गोरु मरिदिन्छ, लटर पटर पार्छ साहुले सबै जेथा लिन्छ, यति हुदा चितै बुझने यि गाउले बा को, आफ्ना भुरा पढाउन चाहि कस्तो गानु गाको, ******************************************** छोरा छोरी सबैलाई पढाउनोस दुईचार मोहोर चन्दानी चढाउनुस, मरे पछि के जान्छ सगै आफनो गाउ आगाडि बढाउनोस ! उखानै छ सबले थुके ठुलो नदि बग्छ, पढाई भन्दा ठुलो कुरो सन्सार मा कुन्छ ? अझ पनि छोरा-छोरी जल्ले पढाउदैन, तेस्तो मान्छे पशुनै हो मान्छे कहलाउदैन, ********************************************* बित्यो बित्यो दिन धेरै गै सक्यो, पढाई दिनोस अबेला भै सक्यो, पछुताउनु पर्लानि भोलि खै तातेको दिन धेरै गै सक्यो ! रसिद पुर्जि हेर्न परे मान्छे खोज्नु पर्छ, त्यै खोजेको मान्छे पनि ततनन गर्छ, यस्तो हण्डर खादा पनि अझै छैन ग्यान, हिले माछो घेरिएझै के गरेको ध्यान, ********************************************* गाउमा ईस्कुल राम्ररि जगाईदेउ छोरा छोरी पढाउन पठाउ, चाहिदो कुरा नमान्ने लाई खुट्टा बाधि खोलामा बगाईदेउ ! तिर्थ बर्त धर्म भनि निकै खर्च गर्छौ, पिच गरेको सडकमा शतबिज छर्छौ, मरे पछि पाउला भनि पुरेतलाई पास्छौ, सन्तानको पढने हक तर किन खोस्छौ ********************************************* कति खान्छ अर्काले ठगेर यसमा चित बुझदछ तिमिलाई, छोरा छोरी पढाउन भने बाउ मरेको जस्तो छ तिमि लाई ! लौन चाडै ढिला भयो झुल्कि सके घाम, छोरा छोरी पढाउने चाडो पैले गर काम, पढाउदैनौ अरु भने मान्छे होईनौ स्याल, देखेनौ यि खुल्यो ईस्कुल झट्टै ल्याई हाल ******************************************* हिमालयमा करायो डाफे झुलुमुलु खुलुक्क झुल्के घाम, पढन पठाउ छोरा र छोरी तब तिम्रो हुदैन बदनाम ! तिहार आउछ सत्रन्जामा कति दल्छौ हात, अघिपछि पसलमा खेलेकै छौ तास, जात्रा-मात्रा जादा-वदा खर्च गछौ, भुरा-भुरि पढाउन चाहि किन मुर्छा पर्छौ, ******************************************* हेर दिदी झमक्क साझ पर्यो खुल्यो ईस्कुल क्या राम्रो ठाउ पर्यो, पढाउ बाबा छोरा र छोरी नपढाए भुतुक्कै गाउ मर्यो ! जाड पानी पिउन परे नोटका बिटा फाल्छौ, कुखुराको चिचि भन्दा कति हते हाल्छौ, बिडि चुरोट तमाखुमा सम्झ पैसा गाको, भाई बहिनि चाहि किन चुईया भाको ? ******************************************* अब पनि नगराउ मुर्ख तिम्रा डाम्ना छोरि र छोरालाई, कति गरौ यो ठाडो गालि गाउ घरका काला र गोरालाई ! कति भनौ भो भन्दिन अब कलम रोके, राम्रै होला भन्ठानेर यति कुरा पोखे, अर्ति सम्झे अर्ति हुन्छ गालि सम्झे गालि, सबै जना बिउझि दिनोस ईस्कुल होला खालि, **************************************** लौन बित्यो दिन धेरै गै सक्यो बार्ह बज्यो अबेला भै सक्यो, पढाई दिनोस छोरा र छोरी न पढाउने जमाना गै सक्यो ! भ्याट-भ्याट गर्यो सुनेनौ उ कुखुराको भाले, वल्ला घरे पल्ला घरे दैलो पोतन थाले, दाई गर्ने दएरेले दाईमा पराल झाटयो, हिमालको कान्लातिर सिन्दुर पर्न आटयो, ************************************** अझ पनि उठेनौ तिमि छोरा-छोरी पढाउन-लेखाउन, ओजेल पर्यो लौ हेर गाउमा बाले राको मुल बाटो देखाउन ! जन्म भयो तिम्रो हाम्रो पाखा पखेरामा, हुरक्यो हामि बल्ल तल्ल गोठ कटेरामा, पढनु लेखनु कता कता खन्ने जित्ने गर्यो, यसो हुदा आज हामि थिचिएरै मर्यो, ************************************** अझ पनि पाएनौ चाल दरो गोडा टेकेर हाम्फाल, हेर ईस्कुल खुलेको गाउमा छोरा-छोरी पढाउन ल्याई हाल !!!!
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !