कोठी भित्रको डाको - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

कोठी भित्रको डाको

******************************** पर्खालभित्र टुहुरि चरि कल्पन्छु हेहरि, पाकेर आयो पीरको पिलो निचरौ के गरि ? ए नानि कान्छा ! कलेजा खान्छ सुन...

******************************** पर्खालभित्र टुहुरि चरि कल्पन्छु हेहरि, पाकेर आयो पीरको पिलो निचरौ के गरि ? ए नानि कान्छा ! कलेजा खान्छ सुन्दैनौ पुकार, जवानी बेचि पाल्नु रे पेट छोडेर घरबार !! ********************************* मनको ईच्छा पुर्याउनु पर्ने बिलासि साढेको, को छर चोखो यो गाई गोठमा सिल्लीले भाडेको ! नाग्गा र बुग्गा तस्बीर जम्मै कामना बढाउने, बोतले पानी घट-घटी पिउदा हिमाल छढाउने !! ********************************** नाच र गान जोल्ठयाउनु पर्ने फुकालि कपडा, खोपिमा पसी तुल्याउनु पर्ने शरीर तगडा ! करले पनि कोचीनु पर्ने यो पापि थलामा, मुखमा ठेडि छदैछ टम्म डोरि छ गलामा !! *********************************** दिउसै पर्छ यो ठाउमा रात जान्यौ कि जानेनौ ? सात साले क्रान्ती नरोक भन्दा तिमिले मानेनौ ! भर्यान्ग चढदा देखिनु पर्ने बेसारे ठिटिले, यो मोजमज्जा चल्दछ जम्मै गरिबका झिटिले !! *********************************** ओठमा रातो गालामा सेतो करैले लाउनु छ, साथमा साढे गाईको बथान बोक्नु न ब्याउनु छ ! फुलका गुच्छा तलाउ-धारा, बगैचा, छहरा, बन्दुकभिरी बसेझै लाग्छ पाले र पहरा !! *********************************** घिनाई रन्डी भनेर होला गिज्याउछन लहरा, के लाग्छ दैब ! यि आखा सबै बर्षाका पहरा ! पर्खाल सारो घुमेको किल्ला उफ्रने छैन आट, कैदीको जुनि कति दिन रुने छोपेर सेता दात !! ********************************** कमल-मसी साथमा राखे पैह्रनु पर्ने नेल, मनुष्य जुनि खेरैगो दाजु ! कतिन्जेल बस्ने जेल ? डन्डी र ताल्चा फलामे साग्लो तेर्सिन्छ ढोकामा, कुजिए जम्मै हात र गोडा परेर धोकामा !! ********************************** यो दिल रुन्छ लौन को सुन्छ यो डाको नारीको, किन हो सियो भै दिन्छ हावा यो सल्ला घारिको ! हासेर खानु मकैको भात त्यो बरु मीठो छ, पिलिदै निल्नु दर्बार भुजा कलबिष तितो छ !! ********************************* फोहोरी चाल यो हास ख्याल दुई दिने कहानि, यो साढे गोठ कुनुनै पर्यो चितले नमानि ! हरियो एना हरिया झ्याल यिनैलाई हेरेर, बाघको गोठमा बाख्री झै बस्छु हकारा फेरेर !! ********************************* थुनामा राख्ने पुरानु कानुन कुन्चाहीले काटयोत ? कतिका मान्छे मन्तरी भए कल्ले के नाप्योत ! बन्धन तोडने नेपाली सघ मरेकि कसोहो, ए नेपालिका पठठा पठठी उठन उठ हो !! ********************************* ए नारि तिमि, उठन भन्छौ के गरि उठने हो ? नेल र जेल के गरि चुडौ मर्नु न मार्नु भो ! डरैले पनि टोपल्नुपर्ने स्वस्ति र सलाम, दर्बारि छाया मासेर कैले जाने हो मलाम ? समान हक नारिलाई दिने खै कता हराए? उठन उठ ! बिन्ति छ मेरो कुखुरा कराए !!!! *********************************

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !