गंगामाया - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

गंगामाया

गंगामायाले फड्को परे भुइँमा आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी-"सानो बाबु , त्यसो गरिदिनु चैं भएन ।" मदेशको घरमा यदाकदा मात्र...

गंगामायाले फड्को परे भुइँमा आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी-"सानो बाबु , त्यसो गरिदिनु चैं भएन ।" मदेशको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका भने शब्द जत्तिकै अनुहार र हातका भावभङ्गीमा पनि बोल्ने भएकाले उसको भनाइको धेरै जसो कुरा बुझ्न त्यति गाहारो पर्दैनथ्यो । कहिलेकही अप्ठ्यारो नै परेको परिस्थितिमा गंगामायाको ०१।०२ वर्षो नाति भोलुरामले मेरो दोभाषेको काम गरिदिन्थ्यो । गंगामाया कुन भाषामा बोल्थी - म भन्न सक्दिन । एउटा गाउँबाट अर्को गाउँमा पुग्दा शब्द र लवजमा अन्तर आउने बोलीहरूलाई फरक भाषा भनिन्छ कि भनिदैन त्यो पनि मलाई थाहा छैन । जे होस्, उसको बोली म पनि केही बुझ्ने हुनाले नेपाली भाषाकै अंशियार भाषा हुनुपर्छ भन्ने लाग्छ । गंगामायाको भनाइ र भावभङ्गमिाले प्रस्ट भन्थ्यो-'मैले कुनै काम गरें जो गंगामायालाई पटक्कै मन परेको छैन' । तर उसको मन नपर्नुको कारण बुझन नसकेर मैले मुस्कुराउदै सोधें-"के भयो, गंगामाया -" गंगामायाले हात नचाउदै इशाराले एकातिर देखाएर भनी-"मेरो भोलु भन्छ कि हिजो सानो बाबुसँग गएको बेला मंगलीले उसलाई एक रुपयाँ दिई रे । हो -" "हो, दिई । के भयो त त्यसले -"-मैले गंगामायाको उत्तेजनात्मक प्रश्नको अर्थ नबुझेर सोधें । उसले मेरो प्रश्नको उत्तर दिनु भन्दा आफ्नै भावना व्यक्त गर्न जवाफ दिई-"किन दिई त्यसले,सानो बाबु - मैले दिएकी थिइन र - त्यसले दिने भन्दा त म सधैं नै बढी दिने गर्छु नि ।" मलाई केही भन्ने मौकै नदिई ऊ फेरि भन्दैगई-"त्यसले बिगार्छे भोलुलाई । जहिले पनि भेटे पिच्छे पैसा दिन्छे रे । बढो माया गर्ने भएकी त्यो । त्यो ६ महिना पनि नपुगेको छोरो छोडदा भने त्यसलाई माया लागेन, अहिले अर्कोले ठूलो पारे पछि 'मेरो छोरो भन्न आएकी होइन त्यो नकच्चरी - मेरो अगाडि केही भन्दिन र पो ! नत्र मैले जानेकी थिएँ त्यसलाई । दशैंको बेलामा पनि खान दिइछ बोलाएर । दिवालीमा पनि, हेर्नोस् न, त्यो पडकाउने, सल्काउने के हुन्छ नि - त्यही किन्नलाई पैसा दिएकी रे । त्यत्रो पैसा भए त्यो सँग उसको आफ्नै छोरालाई दिनु नि । मेरो भोलुलाई किन दिनु पर्?यो -" गंगामायाको विरोध बुझे पछि मैले अलिक जिस्क्याउने पारामा भनें-"उसको पनि त छारो हो नि भोलु, झन जेठो छोरो ।" "कसरी उसको छोरो - भोलु त मेरो छोराको छोरो । मेरो नाति ।"-गंगामाया प्रस्ट विरोधमा उभिई । "भोलुकी आमा त हो नि ऊ पनि । तिमी त्रि्रो छोरोकी आमा, भोलुकी बजै भए जस्तै ।"-मैले गंगामायालाई यी सबै कुरा मन पर्दैन भन्ने जानेर पनि अलि दुष्टयाइँ गरें । गंगामायाको अहिले सम्म रोकेर राखेको व्यथाको बाँध फुट्यो र उसले आँशु झार्दै भनी- "हो, सानो बाबु, आमा त हो ऊ, जन्मदिने आमा, तर कति निर्दयी छ ऊ भन्नोस् त - मेरो छोरो मर्न लाग्दा उसले चटक्क छोडेर जानुहुन्थ्यो त बालक छोरो समेत छोडेर - मेरो छोरो मर्छ भन्ने जाने पछि त्यसले ऊ मरुन्जेल कुर्नुहुन्नथ्यो - कति गाहारो पर्?यो मेरो छोरोलाई प्राण जाने बेलामा 'स्वास्नीले छोडेर गई' भन्ने बुझे पछि - कस्तो हुरुक्क हुने गरी माया गथ्र्यो मेरो छोरो उसलाई - छोडेर गएको लोग्नेको छोराको किन माया हँ त्यसलाई - मैले मेरो भोलुलाई घरघर दुध मागेर ल्याएर ख्वाएँ र यत्रो तुल्याएँ । अहिले चाहिं ऊ चेपारे पार्न आउछे । कहीं नभएकी नकच्चरी ।" कुरा प्रस्ट हुदै गयो । विरामी लोग्नेलाई छोडेर मंगली अर्को सँग पोइल गई भनेर मैले वर्षौ पहिले गंगामायाकै मुखबाट सुनेको थिएँ भोलु सानो छदै । मंगली किन पोइल गई या किन जान वाध्य भई - उसको आफ्नै कथा व्यथा होला तर गंगामायाको दृष्टिमा मंगलीले गंगामायाको विरामी छोरो छोडेर जाने अक्ष्यम्य अपराध गरेकी थिई र मंगलीको आफ्नो छोरो प्रतिको दावी असहृय थियो गंगामायालाई । "भोलुरामलाई किन सम्झाउदिनौ त केही पनि नलिई भनेर - उसले नलिए त कुरै सिध्दिन्छ नि ।" - मैले गंगामायालाई सुझाव दिएँ । गंगामायाले लामो सास फेरेर जवाफ दिई -"त्यो केटाकेटी कहाँ मान्छ र, सानो बाबु - २।४ पैसा दाम कसैले हातमा राखिदिने बित्तिकै ऊ त त्यसै दङ्ग परिहाल्छ नि । बालकलाई नलिई भन्दैमा सिद्घन्िछ कहीं - मेरो सामु त लिन्न भन्छ नि तर, देखी हाल्नु भयो तपाईल,े कति सजिलै सँग लिइदिन्छ ऊ ।" नातिको गराइप्रति गंगामायालाई सान्त्वना दिन मैले भनें -"तिमीलाई टेरेन भने म भोलुलाई हप्काइ दिउँला 'मंगलीसँग केही पनि नलिइ' भनेर ।" मेरो भनाई भूइँमा खस्न नपाउँदै गंगामायाले भनीहाली -"पर्दैन सानु वावु, पर्दैन उसलाई भन्नु । ऊ त रिसाइ हाल्छ नि मैले पोल लाएँ भनेर ।" 'मंगलीलाई किन भन्दिनौ त त्यसो भए भोलुलाई केही पनि नदे भनेर -' - मैले कुरोलाई टुंग्याउन प्रयाश गर्दै भनें । "त्यसलाई मैले भन्ने - के कुरा गर्नु भएको सानो बाबुले - त्यसको त म मुख पनि हेर्दिन ।" -गंगामायाले उत्तेजित भएर विरोध गरी तर उसको उत्तेजना एकै छिनमा हरायो र ऊ आफ्नो सहज स्वरमा भन्न थाली -"भोलु सानो हुँदा नि, सानो बाबु, जब ऊ अर्को कहाँ गएकी थिइन, भोलुलाई हेर्न आएकी थिई । मैले उसलाई लोप्पा खुवाएर पठाइ दिएँ । रोई पनि, सानो बाबु ऊ त । छोरो लान्छु भनेर अपहत्ते गरी । किन दिन्थें, हँ, मेरो छोराको छोरो उसलाई - त्यो बेला त दिइनँ भने अब उसको छोरो समेत भइसके पछि चैं झन् किन दिने हँ -" गंगामायाका तर्कबाट आजित भएर मैले अन्त्यमा भनें-"त्यसो भए, गंगामाया, म मंगलीलाई गाली गरि दिउला । हुदैन -" मेरो सुझाव गंगामायाले चाहे अनुरुप भयो । त्यसैले उसले खुशी हुदै भनी-"हो, त्यसै गरिदिनोस्, सानोबाबु, त्यसैै गरिदिनोस् । हप्काइ दिनोस् न अलि बेस्करी त्यसलाई । आजकल त्यो किन - किन - भोलुलाई फकाउँछे । त्यसो गर्न हुन्छ तैले - भनिदिनोस् न त्यसलाई । छोट्टी कहीकी ।" म बाट सन्तोषजनक उत्तर पाए पछि गंगामाया गई । एक छिन पछि खाजा र चिया मेरो अगाडि राखेर हाँस्दै मेरी भाउजूले भनिन्- "आज, सानोबाबु, तिमीले गंगामायाको गन्थन सुन्ने मौका पायौ । होइन -" मैले पनि जिज्ञाशावस भाउजूलाई सोधें-"त्यो भोलुकी आमा सँग गंगामायाको किन त्यस्तो काटो छिनो नि, भाउजू -" "यो गंगामायाका कुरा सुन्नथाल्यौ भने बौलाउछौ तिमी । यसको चाला सधैं यस्तै हो । मंगलीले लान्छु भनोस् नभनोस्, लैजान्छे भनेर सधैं तर्सन्छे यो । भोलेले पनि त्यो बुझेको छ अनि त्यही निहु पारेर बजैलाई ठग्छ ।" - भाउजूले बिना कुनै गम्भिरता जवाफ दिइन् । "छोरो छोडेर पोइल गएकी रे नि मंगली । त्यसै भन्छे त गंगामाया ।"-मैले खोजीनिति गरें । "भन्छे नि त्यो । नगएर के गरोस् - छोरो विरामी भएको दिनदेखि सधैं टोकस्थी, 'जा, जा' भनेर घोक्रयाउथी । लोग्नेको आशमा बसेकी, लोग्ने बाँच्दैन भन्ने जाने पछि माइत गएर बसी"-भाउजूले भनिन् । "पोइल गएकी भनेको होइन -"- मैले थपें । "हो । पछि लोग्ने मरे पछि गई नै । तरुनी मान्छे नगएर के गरोस् -" -भाउजूको पक्ष पुरै मंगली पट्ट िदेखियो । गंगामायालाई दिएको वचन पुरा गर्न पट्ट म लागिनँ र त्यसलाई बिर्सि पनि सकेको थिएँ किनकि भाउजूको भनाइ सुन्दा मैले मंगलीलाई केही भन्नु पर्ने जस्तो आवश्यकता देखिनँ तर अचानक फेरि एक दिन ऊ सँग मेरो जम्काभेट भइ नै हाल्यो । भाउजूले अराए अनुसारको मालसामान किन्ने फिरस्ती बोकेर म हटिया घुम्न गएको थिएँ । हातमा झोला बोकेको भोलुराम पनि मेरै पछिपछि लागेको थियो । हटियाको बिचमा मैले केटाकेटीको स्वर सुनें-"भोलु दा, भोलु दा, आमा । भोलु दा आयो ।" अचानक भोलुरामको नाम सुनेर मैले टाउको घुमाएँ । दुइ जना ५।७ वर्षका केटा मंगलीको दुइ तिर उभिएर रमाउदै भोलुरामलाई हेरिरहेका थिए र मंगली पनि मुस्कुराइरहेकी थिई । मैले टाउको घुमाएर भोलुराम तिर हेरें-ऊ आधा लजाएर, शायद मेरो धकले होला, चोर आँखाले उतै तिर हेरिरहेको थियो । मंगलीको अगाडि ओछयाइएको प्लास्टिकमा खत्य्राक खुत्रुक थुप्रै चिजहरु फिजाइएका थिए । सधैं गाउँ झोपडीको सानो पसलमा सजाएर राखिने सामानहरुलाई मंगलीले हटियामा फिजाएर अलि बढी बेच्ने विचार गरेकी होली । आफूले किन्नुपर्ने सामान त्यहाँ पनि हुनसक्नेहुनाले र मंगलीसँग २।४ कुरा गर्न मन पनि भएकोले मैले उसको छेउमा गएर भनें - "अहो ! मंगली भाउजू ! आज हटियाको शोभा बढाइछौ नि ।" "यसो २।४ पैसा हुन्छ कि भनेर नै, सानो बाबु ।" - मंगलीले मुस्कुराउदै जवाफ दिई । मंगली र मेरो बिचको साइनो भोलुको बाबु जिउदो हुदैदेखिको थियो । "यी तिम्रा छोरा -" - मैले केटाहरु देखाएर सोधें र उसले टाउकोले 'हो' भनेर जनाए पछि फेरि थपें-"कतिवटा छन् केटाकेटी -" "यही दुइटा छोरा मात्र हो ।" -उसले जवाफ दिई । "अनि यिनीहरुका बाबु के काम गर्छन् नि -" -मैले आफ्नो उत्सुकता शान्तगर्न सोधें । "गरिबको के हुन्छ र, सानो बाबु - जहाँ मजुरी मिल्छ, त्यहीं जान्छ । मजुरी मिलेन भने दारु पिउछ, बस्छ ।" -मंगलीले आफ्नो गुनासो पोखी । "माया त गर्दो हो नि तिमीलाई -" -मैले आफ्नो जिज्ञाशा रोक्नसकिन । मंगलीले लामो सास फेरेर भनी- "किन गर्नु पर्?यो उसले माया - उसले मन परेर लिएर आएकी कन्नेकेटी त होइन म । म त पोइ मरेर कसै कहाँ शरण लिन वाध्य हुनु पर्ने आइमाई पो त । हामी गरीबको समाजमा त आइमाई फगत भान्सा र रातमा चाहिने दुइ खुट्टे प्राणी हुन्छौं । त्यसमा पनि ऊ सँग टासिन आएकी आइमाईलाई उसले पाल्न कर पनि छैन । आफैं पालिनु पार्छ मैले । अझ उसलाई पनि पालोस् भनिठान्छ ऊ । भैगो, सानोबाबु, म त मनको पीर पोख्न पाएर होला तपाईलाई पो वाक्क पार्न थलिछु । अँ, आफ्नो भन्नोस् न । घरमा सबैलाई सन्चै छ - ठूलो बाबुलाई - भाउजू दिदीलाई - केटाकेटीलाई -" "सबैलाई सन्चै छ, मंगली भाउजू । यसो आए पनि त हुन्छ कहिले कहीं । भाउजू सम्झिरहनु हुन्छ ।" -मैले सहानुभूति साथ भनें । "आउन त मन लाग्छ तर के गर्नु त्यस्तै पर्छ ।" -उसले 'हुन्छ' वा 'हुन्न' केही नजनाई भनी र फेरी थपी- "भोलुकी बजैलाई त ठीकै छ - आउछिन् होला नि कहिले कहीं -" मैले हाँस्दै भने- "ठीकै छ उनीलाई । उनको त आफ्नै गुनासो छ । तिमीले यो भोलुलाई पैसा दियौ, खान दियौ भन्ने पीर छ उनीलाई ।" मंगलीले शान्त स्वरमा भनी- "यो उनको पीर पनि कहिले नसिध्दिने त्यान्द्रो भयो । यो नजिक आउँछ, हेर्छ, त्यसैले उनको जति माया दिन नसके पनि उसको चित्त नदुखोस् भनेर यसो केही दिन्छु । उनीलाई भने पीर छ-यो नाति नै खोसिदिन्छु कि भनेर । जिन्दगी नै यही त्राशमा बित्ने भयो उनको ।" "छोराको चिनो भनिठान्छिन् उनी ।" -मैले सम्झाउन खोजें । "हेर्नोस्, सानो बाबु । भोलुकी बजैको चित्त नै सानो छ । उनी जहिले पनि आफ्नो केही दिनु पर्ला भनेर डर मान्छिन् । छोरोको उमेर पुग्यो, मन पर्?यो, स्वास्नी ल्यायो । स्वास्नीले पाउने अधिकार त छोडनु पर्?यो नि आमाले । परेन त - तर उनी बुहारीलाई छोरो दिन तयार छैनन् । त्यो उमेरदार छोरो सधैं आफ्नै अधिनमा रहिरहोस् भनिठान्थिन् ऊ र त्यसको लागि जे पनि गर्न तयार हुन्थिन् उनी । प्रकृतिको नियम उल्टो भएर र सामाजिक मर्यादा नाघ्न नहुने भएर मात्रै नत्र स्वास्नीको भूमिका पनि पूरा गरिदिने थिइन् उनीले । छोरो सिकिस्त विरामी भयो, बुहारीलाई छोराको सेवासुश्रुषा गराउनु कताहो कता बुहारी लखेट्ने मौका मिल्यो उनीलाई । उनको मायाको स्वार्थ्य यति साँघुरो छ कि त्यो स्वार्थ्यमा छोरो बलिदान भएको पनि उनीले थाहा पाइनन् । उनको छोरोले विद्रोह गर्न सकेन, गुम्सिएर मर्यो ।" -मंगलीले एकै सासमा भनी । "तर उनी त त्यस्तो बेलामा तिमीले छोडेर गयौ भन्छिन् नि ।" -मैले पनि मंगलीको अहम्‌मा हिर्काउन चुकिनँ । "भन्छिन् । थाहा छ । यही दोष उनको छोरो मरेको दिन देखि नै लगाइरहेकी छन् । यही विष भोलुको कानमा पनि भर्छिन् तर मलाई आपत्ति छैन । बुहारीले छोड्दा उनको छोरोले भोगेको पीडा त उनीले देखिन् नि । छोरोको त्यो हालतमा मन त उनको पनि दुख्यो होला नि । उनीले जस्तो पाल्न सक्दिन यो भोलुलाई तर त्यसो भन्दैमा उनको छोरो मरे जस्तो मर्न दिन पनि त सक्दिन म यसलाई । यो त मैले उनीलाई जनाउ दिइसकेकी छु । त्यसैले पटक पटक सम्झाइरहन्छु कि भोलु माथिको अधिकार उनको मात्र होइन, मेरो पनि हो ।" -मंगलीले दृढ स्वरमा जवाफ दिई । भोलि पल्ट गंगामाया भाउजूलाईँ भन्दै थिई- "दुलही नानी , यो भोलुलाई जहींतहीं नपठाउनोस् है । मंगलीले फकाउछे ।" "लगे उसैकी आमाले लान्छे । किन अपहत्ते गरेकी, हँ, तिमीले - यो भोलु लगेर कुप्लुक्क खाने चिज होइन । ठूलो भएपछि तिमीलाई पनि हेर्छ, उसकी आमालाई पनि हेर्छ । तिम्रो मात्रै त होइन नि ऊ ।" -भाउजूले स्पष्ट कुरा राखिदिइन् । "उसलाई हुदैन मेरो भोलु ।" -गंगामायाले रुन्चे स्वरमा भनी । "जसको छोरो उसलाई झन कसरी नहुने -" -मैले पनि ठट्टैमा थपें । गंगामायाले पहिले भाउजूको मुख हेरी त्यसपछि मेरो अनि त्यही बसेर रुन थाली । "यसका यी झोलेनी पनि कति ठिक्क परेका नि जहिले भन्यो तहिले तुरुक्क र्झनलाई ।" -भाउजू भुतभुताउदै भित्र पसिन् । २।४ दिन पछि म पहाड फर्के । ह ह ह ह मदेशको घर म फेरि ७।८ वर्षपछि मात्र पुगें । म आएको समाचार पाएर सधैको झैं गंगामाया पनि मलाई भेट्न आई । ऊ अब निकै बुढी देखिन्थी र पहिले जस्तो तेज पनि थिएन । मैले औपचारिकतावस सोधें- "सन्चै छ, गंगामाया, तिमीलाई -" गंगामायाले थाकेको स्वरमा भनी- "के सन्चो के बिसन्चो, सानो बाबू । बुढेस काल नै रोग हो आफैं र यसले नै मार्छ । तर बाँचेर पनि के गर्नु - कसका निम्ति बाँच्नु -" "भोलु छ नि । ठूलो भयो होला नि अब त ।" -मैले निराशामा आशा जगाउन भनें । गंगामायाले रुन्चे स्वरमा भनी- ""भोलु त गइहाल्यो नि मलाई छोडेर, सानो बाबु । त्यो नकच्चरीले लिएर गइहाली नि मेरो भोलुलाई, असत्ती कोर परेको अनुहारले ।" "ल, ल, ल । यो बुढी अब नातिनी बुहारीलाई सराप्न थाली । आफ्नो पोइ लगी त तँ किन मर्न खोजेकी - तँलाई खान लाउन दिएकै छ जसरी भए पनि । बेलाबखतमा आएर हेरचाह गरेकैछ ।" -भाउजूले गंगामायालाई हप्काइन् । भाउजूको हप्कीले दच्किएर गंगमायाले उठेर जाँदै भनी- "सानो बाबु , दुलही नानी बुझिनैदिनुहुन्न मेरो कुरा । तपाई नै भन्नोस् त भोलुले त्यसरी छोड्नु हुन्थ्यो मलाई -" गंगामाया आझेल परेपछि मैले भाउजूलाई सोधें- "के भोलुराम झगडा गरेर निस्कियोे -" भाउजूले भनिन्- "किन गथ्र्यो झगडा - बुढीले आफैले भोलेको बिहे गरिदिई । बुहारी भित्य्राएपछि फेरि आफै पन्साउनथाली उसलाई । भोले के गरोस् - कि स्वास्नी छोडनु पर्ने कि बजै छोडनु पर्ने स्थितिमा परेपछि बजै छोडिदियो । तैपनि बजैको हेरचाह गरेकै छ ।" "गंगामाया के भन्छे नि आजकल -" -मैले उत्सुकता देखाएँ । "के भन्छे अब - उही पुरानो कुरा नया तरिकाले फलाक्छे । जसलाई भेटे पनि भन्छे - 'बुहारी त त्यस्ती थिइन । यो नातिनी बुहारी चैं राछेस्नी परिछ । मेरो भोलुलाई फकाएर नै लगी ।' उसको जिन्दगी नै एउटा न एउटालाई देाष लगाएर नै बितेको छ ।" "त्यसो भए उस्तै छ गंगामाया -" "नाति हिडे पछि उसको आशा टुङ्गियो । अब गलेकी छ ऊ । नातिको भविष्य सँगसँगै उसले सिर्जना गरेको उसको संसारको सपना मेटिएको छ । स्वभाववस नातिनी बुहारीलाई गाली गर्छ त्यत्ति हो ।" -भाउजूले भनिन् । "भोलुलाई त गाली गर्दिन नि गंगामाया -" -भोलुलाई गंगामायाले केही पनि नभनेकीले मैले सोधें । "सानो बाबु , मायाको त्यान्द्रो कति बलियो हुन्छ त्यो तिमीले बुझेकै छैनौ ।" -भाउजूले लामो सास फेरेर जवाफ दिइन् । मैले अरु प्रश्न गरिनँ ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !